क्रिकेटको भगवान सचिनको ५०औं जन्मदिन आज

IMG-20230424-WA0163.jpg

२४ अप्रेलः क्रिकेटको भगवान मानिने मास्टर ब्लास्टर सचिन तेन्दुलकर सोमवार ५० वर्षका भए। भारतका पूर्व ओपनिंग ब्याटरलाई व्यापक रूपले सर्वकालिक महान क्रिकेटरहरूमा एक मानिन्छ। सचिनले आफ्नो करियरमा २४ सालसम्म देशको निम्ति खेलेर अनगन्ती रेकर्ड र प्रशंसा अर्जित गरे। सचिनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा जम्मा ६६४ वटा म्याच खेलेर उनले सबै प्रारूप मिलाएर ३४,३५७ रन बनाए। अन्तर्राष्ट्रिय क्रिकेटमा १०० वटा शतक बनाउने उनी पहिलो अनि एकमात्र क्रिकेटर हुन्। यसमा उनले वनडेमा ४९ र टेस्टमा ५१ वटा शतक बनाएका छन्। सचिनको नाममा टेस्ट र वनडेमा सर्वाधिक रन बनाउने रेकर्ड रहेक छ। सचिनले २०० वटा टेस्ट म्याचमा ५३.७८-को औसतले १५,९२१ रन बनाए। यसमा ५१ वटा शतक र ६८ वटा अर्द्धशतक सामेल छ। टेस्टमा उनको सर्वोच्च स्कोर अविजित २४८ रन रह्यो। यसरी वनडे इण्टरनेशनलमा उनले रेकर्ड ४६३ वटा म्याच खेलेर ४४.८३-को औसतले सर्वाधिक १८,४२६ रन बनाए। यस अवधि उनले ४९ वटा शतक र ९६ वटा अर्द्धशतक पनि बनाए। वनडेमा उनको सर्वोच्च स्कोर अविजित २०० रन रह्यो। उनले केवल एउटा टी२०आई म्याच खेलेर १० रन बनाए। दिग्गज ब्याटरको साथ सचिन असल पार्ट टाइम बलर पनि थिए। सचिनको नाममा टेस्टमा ४६, वनडेमा १५४ अनि टी२०आई-मा १ विकेट रहेको छ। उनले क्रीजमा ताकत अनि बहुमुखी प्रतिभाको प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय करियरमा २६४ वटा छक्का पनि लगाए। सचिनले नोभेम्बर १९८९-मा पाकिस्तान विरुद्ध कराचीमा खेलिएको टेस्ट म्याचको साथ अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। आज ५०औं जन्मदिनमा भारतसहित विश्वभरिका वर्तमान अनि पूर्व क्रिकेटरहरूले सचिनलाई बधाई अनि शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement