कथाकार महेन्द्र प्रधानकृत भाषानूदित आध्यात्मिक कृति श्रीमद्भागवद्गीता विमोचन

IMG-20230423-WA0253.jpg

दार्जीलिंग: आइतबार नेपाली साहित्य सम्मेलनको सुधपा गृहमा सर्जक, कथाकार महेन्द्र प्रधानकृत भाषानूदित आध्यात्मिक कृति श्रीमद्भागवद्गीताको विमोचन गरियो। उक्त कार्यक्रम मेघमणि दाहालको अध्यक्षता, आध्यात्मिक चिन्तक शम्भु सुब्बाको प्रमुख आतिथ्य साथै अन्य विशिष्ट अतिथिको उपस्थितिमा सम्पन्न गरियो।
उपस्थित अतिथिहरूको बाहुलीबाट दीप प्रज्ज्वलन गरिएपछि स्तोत्र पाठ-भोटिया बस्ती साई मण्डलीद्वारा गरियो भने स्वागत सम्बोधन मेनुका प्रधानले राखेका थिए।
पत्रकार, साहित्यकार सबिता संकल्पद्वारा विधिवत उद्घोषणा गरिएको यस कार्यक्रमको आरम्भमा महारानी विद्यालयका विद्यार्थीहरूद्वारास्वागत नृत्य गरिएपछि गायक प्रेम सेन्चुरी स्वागत भजन प्रस्तुत गरे। कृतिकारको परिचयलाई कवि योगिता राईले राखेपछि कृति लोकार्पण गरियो। कृतिकारलाई सम्मान गरिएपछि कृतिकारले आफ्नो मन्तव्य प्रस्तुत गरे। लोकार्पित कृतिमाथि साथै प्रमुख अतिथिको वक्तव्य प्रमुख अतिथि शम्भु सुब्बाद्वारा राखिएको थियो भने अध्यक्ष मेघमणि दाहालले अध्यक्षीय सम्बोधन अनि धन्यवाद ज्ञापन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *