दार्जीलिङ: गत २१ अप्रेलको दिन बेलुकी पख भारी मात्रामा आएको वर्षा र तीब्र गतिमा आएको हुरी -बतासको कारण बिजनबारी खण्ड अन्तर्गत तकभर समष्टी सोम तेस्रो विभाग दार्जिलिङ निवासी शेरसिंह राईको घर क्षतिग्रस्त भएको थियो भने उक्त घरको निरिक्षण गर्न हाम्रो पार्टी महकुमा समितिका शिर्ष नेतृत्वहरू उनको घरमा गई उनीहरुको दुःखमा हामी साथ छौ भनी परिवारको पक्षमा खडा भए।

साथै उक्त हावाहुरीबाट भत्किएको घरलाई मरम्मत गर्न हेतु केही सहयोग राशि पनि प्रदान गरियो।विशेषगरी उक्त भ्रमणमा हाम्रो पार्टी महकुमा समितिका सभापति पुरण तामाङ, सह-सचिव रेश्मा गुरुङ, कोषाध्यक्ष गोपाल परियार अनि रजत प्रधानको उपस्थिति रहेको थियो।