आईपीएल २०२३: चेन्नई सुपर किंग्स शीर्ष स्थानमा

IMG-20230424-WA0002.jpg

२३ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ३३औं म्याचमा आइतवार एमएस धोनीको कप्तानीमा रहने चेन्नई सुपर किंग्सले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई ४९ रनले पराजित गऱ्यो। यस जीतको साथै चेन्नई सुपर किंग्स ७ वटा म्याचमा १० पोइण्टको साथ आईपीएल टेबलको शीर्ष स्थानमा पुग्यो। कलकत्ताको ईडन गार्डन्समा खेलिएको म्याचमा पहिला ब्याटिंग गर्दै चेन्नई सुपर किंग्सले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनायो। अजिंक्य रहाणेले ५ वटा छक्का र ६ वटा चौकाको साथ २९ बलमा अविजित ७१ रन बनाए। यसबाहेक शिवम दुबेले ५ वटा छक्का र २ वटा चौकाको साथ २१ बलमा ५० रन बनाए। यी दुई बाहेक ओपनर डेवोन कन्वेले ४ वटा चौका र ३ वटा छक्काको साथ ५६ रन बनाए जबकि रुतुराज गायकवाड़ले ३५ रनको योगदान दिए। जवाफमा केकेआर-ले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो। रिंकु सिंहले ४ वटा छक्का र ३ वटा चौकाको साथ ३३ बलमा अविजित ५३ रन बनाए। यसबाहेक जेसन रोयले ५ वटा छक्का र ५ वटा चौकाको साथ २६ बलमा ६१ रन बनाए। कप्तान नितिश राणाले २७ र भेंकटेश अय्यरले २० रन बनाए। चेन्नईका बलरहरूमा महेश तीक्ष्णा र तुषार देशपाण्डेले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement