गान्तोक: रम्फूको माइनिङस्थित सिक्किम क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा रोयल ड़ॉंड़ागाउँ क्रिकेट क्लबलाई 26 रनले पराजित गर्दै आइरिस क्रिकेट क्लबले सिका ‘बी’ डिभिजन पुरुष क्रिकेट प्रतियोगिता जित्न सफल भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको आइरिस क्लबले निर्धारित ३० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो। राहुल तामाङले ६७ बलमा ७ चौका र १ छक्का सहित अविजित ७५ रन बनाए। रोयल ड़ॉंड़ागाउँका लागि शाहजङ्गर अन्सारी, विजय प्रसाद र अजनूर अन्सारीले समान एक-एक विकेट लिए। जवाङ्गमा रोयल ड़ॉंड़ागाउँ २९ ओभरमा ११३ रनमा अलआउट भयो। देवराज छेत्रीले ४६ र आदर्श रामुदमुले १९ रन बनाएको थियो। नितेश कुमार गुप्ताले २० रन दिएर चार विकेट लिए। सन्चहाङ सुब्बाले २ तथा एमडीसप्तुला, राहुल तामाङ र मनदीप गुप्ताले १/१ विकेट लिए।
प्रमुख अतिथि मुख्यमन्त्रीका ओएसडी भानुभक्त प्रधानले विजेता र उपविजेता टोलीलाई ट्रङ्गी प्रदान गरेका थिए। आइरिस क्रिकेट क्लबका राहुल तामाङले प्लेयर अङ्ग दि म्याच र प्लेयर अङ्ग दि टुर्नामेन्ट दुवै जितेका छन्। प्रतियोगितामा राहुल तामाङले सर्वाधिक विकेट लिए भने रोयल दारागाउँका शाहजङ्गर अन्सारीले सर्वाधिक विकेट लिए। आइरिस क्रिकेट क्लब र रोयल ड़ॉंड़ागाउँ क्रिकेट क्लब ङ्गाइनलमा पुगेपछि सिका ‘ए’ डिभिजन पुरुष प्रतियोगिताका लागि पनि छनोट भएका छन्।