मन्त्री भीमहाङ सुब्बाद्वारा नवनिर्मित स्कूल भवनको उद्घाटन

IMG-20230423-WA0372.jpg

गेजिङ: पश्चिम सिक्किमको याङथाङ निर्वाचन क्षेत्रको सिङ्गयाङ-चुम्बुङ ग्राम पञ्चात एकाइ अन्तर्गत सिन्द्रोङमा नवनिर्मित ४ कोठाको चार कोठे सरकारी विद्यालय भवनको उद्घाटन विधायक एवं मन्त्री भीमहाङ लिम्बूले गरे। यस उद्घाटन कार्यक्रममा शिक्षा विभागका सहायक निर्देशक राजेन तामाङ, पूर्व अध्यक्ष सोनाम वोङचुक भोटिया, सहायक निर्देशक बीएसी, राजु भण्डारी, उपनिर्देशक खेलकुद, मिस एण्ड युथ निकजे ल्हमू भोटिया. जिला पञ्चायतगण पञ्चायतका अध्यक्ष तथा सदस्यहरू,अन्य बिशिष्ट व्यक्तित्वहरु, विद्यालय परिवार अभिभावक साथै विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो। समारोहमा विद्यार्थीहरुद्वारा नृत्य, नर्सरी राइम्सको भरपुर प्रस्तुति रहेको थियो। विद्यालय निर्माणमा जमिन दिने जमिनदाता मिक्मा छिरिङ र स्वर्गीय सामचुङ लेप्चालाई विद्यालय परिवारले अतुलनीय योगदानको कदर गर्दै प्रमुख अतिथिको बाहुलीबाट सम्मान गरिएको थियो। पूर्व अध्यक्ष एस डब्ल्यू भुटिया र अन्य व्यक्तित्वहरुलाइ प्रशंसाको टोकन प्रदान गरियो। विद्यालय परिवारले प्रमुख अतिथि, मन्त्री तथा क्षेत्रीय विधायकलाई कृतज्ञताको रूपमा स्मारिका पनि प्रदान गरेको थियो। सिन्द्रोङका सम्पुर्ण गाउँले तथा विद्यालय परिवारले राज्यका मुख्यमन्त्री प्रेमसिङ तामाङलाई धन्यवाद दिए। लामो समयदेखि विद्यालय भवन निर्माणको कार्य सङ्गल भएकोमा राज्यका शिक्षा मन्त्री लगायत क्षेत्र विधायक प्रति कृतज्ञता व्यक्त गरियो। समारोहमा मन्त्री सुब्बाले गाउँमा शिक्षा नै सर्वाङ्गिन विकास हो भन्दै शिक्षाले समाज, राज्य र राष्ट्रको बिकास हुने मन्त्वय राखे। सबैको सहयोगमा यस विद्यालयलाई एउटा नमुना बनाउन सुझाव दिएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement