उत्तर जिल्लामा भाइब्रेन्ट गाउँको विकास योजना आरम्भ

IMG-20230423-WA0370.jpg

गान्तोक: भारत सरकारको संस्कृतिक मन्त्रालय अन्तर्गत पूर्वोत्तर सांस्कृतिक केन्द्र कलकत्ता र सिक्किम सरकारको संस्कृतिक विभागको संयुक्त पहलमा उत्तर जिल्लाको भाइब्रेन्ट गाउँहरूलाई समावेश गरेर ङ्ग्रण्टियर अङ्ग्‌ इण्डिया नामक कार्यक्रम शुरू गरेको छ। उक्त कार्यक्रम अन्तर्गत विशेष गरेर सिक्किमको दुर्गम क्षेत्र मानिने लाचेन,लाचुङ र चुङथाङका गाउँहरूलाई समावेश गरिएको छ। भारत सरकारले हालै शुरु गरेको जीवन्त गाउँ योजनाले दुर्गम सिमाना गाउँहरूलाई चिन्हित गरेको विकास गराउनु रहेको हो। विशेष गरेर उक्त गाउँको प्राकृतिक मानव र अन्य स्रोतहरूमा आधारित चालकहरूको आर्थिक अवस्था पहिचान र विकास गर्न र सामाजिक उद्यमशीलताको प्रवर्द्धन, सीप विकास र उद्यमशीलता मार्ङ्गत युवा र महिला सशक्तीकरण मार्ङ्गत विकास गर्न मद्दत पुग्ने बताएको छ। स्थानीय सांस्कृतिक, परम्परागत ज्ञान र सम्पदाको प्रवर्द्धन र समुदायमा आधारित संस्थाहरू, सहकारीहरू, स्वयं सहायता समूहहरू, गैरसरकारी संस्थाहरू आदि मार्ङ्गत दिगो विकास गरी पर्यटन सम्भावनाको सदुपयोग गर्न यस प्रकारको योजना शुरू गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement