गान्तोक: नाबालिगको बलत्कारपछि हत्या गर्ने अपराधीलाई ङ्गॉंसीको माग गर्दै राजधानीका ट्याक्सी चालकहरू आज सड़कमा निस्किए। १० अप्रेलको दिन पाङ्गथाङमा भएको दोहोरो अपराधिक घट्नाको विरोध र आरोपीलाई कड़ाभन्दा कड़ा सजायको माग गर्दै गान्तोक वरपरका ५६ वटा ट्याक्सी चालक सङ्गठनहरूको छाता सङ्गठन सेन्ट्रल जोइन्ट एक्शन कमिटी-ले आज राजधानीमा शान्तिपूर्ण जुलूस निकालेको थियो जसमा हत्यारालाई ङ्गॉंसीको माग गर्दै सयौंको सङ्ख्यामा चालकहरूले सहभागिता जनाए। स्थानीय इन्दिरा बाइपासदेखि आरम्भ भएर बाइपास रोड़ हुँदै सिच्छेको जिल्लापाल कार्यालय परिसर पुगी विसर्जन भएको जुलूसमा महिला चालकहरूको पनि सक्रिय सहभागिता रहेको थियो। यसरी नै बलत्कारी र हत्यारालाई कड़ाभन्दा कड़ा सजाय दिलाएर आफ्नो मृत छोरीलाई न्याय दिन सड़कमा निस्केका चालकहरूलाई साथ दिन भनी पीड़ित बालिकाकी आमा पनि जुलूसको समापन स्थलमा उपस्थित थिइन्। यस अवसरमा मीडियासित कुराकानी गर्दै उनले ङ्गेरि एकपल्ट छोरीको बलत्कार र हत्याको अपराधीलाई ङ्गॉंसीको माग गरेकी छन्।
उल्लेखनीय छ, १० अप्रेलको दिन राजधानी गान्तोकदेखि केही माथि पाङ्गथाङको जङ्गलमा एक ११ वर्षीय बालिकाको पहिले बलत्कार अनि त्यसपछि हत्या गरिएको थियो। उक्त घट्नामा पुलिसले एक आरोपीलाई पक्राउ गरेको छ। ओरोपी पनि पेशाले एक ट्याक्सी चालक नै हुन्। यस दोहोरो अपराधिक घट्नाले सिक्किम राज्यमा निक्कै ठूलो तरङ्ग सिर्जना गरेको छ भने हाल अपराधीलाई ङ्गॉंसीको सजाय हुनपर्ने चौतर्ङ्गी माग उठिरहेको छ।