ड्रग्ससितै दुईजना पक्राउ

IMG-20230410-WA0169.jpg

गान्तोक: नाम्ची पुलिसले ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी अप्पर घुर्पिसे निवासी महेश तामाङ र विशाल कुमालकोरूपमा पुलिसले चिन्हित गरेको छ। विश्र्वासनीय सुत्रले पुलिसलाई आरोपी तामाङले ड्रग्स बिक्री लागेको सूचना दिएको थियो। उक्त सूचनाको आधारमा पुलिस घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको हो। पुलिसले महेश तामाङको कोठाबाट ड्रग्स ङ्गेला पारेको जानकारी गराएको छ। आरोपी तामाङको कोठाबाट पुलिसले ४८० वटा ब्लु क्याप्सुल ङ्गेला पारेपछि पक्राउ गरेको बताएको छ। आरोपीदव्यविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement