‘नव आनन्द जागो’ कार्यक्रमको शुभारम्भ, मेयरद्वारा उद्घाटन

98d51c14-de60-4631-b4db-30564a5a9636

सिलगढी: आइतबार शहरको सूर्यसेन पार्कमा सिलगढी नगर निगमद्वारा आइतबार सांस्कृतिक कार्यक्रम ‘नब आनन्दे जागो’को उद्घाटन गरियो। आजको कार्यक्रममा नृत्य, गीत, कविता वाचनलगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यो कार्यक्रम हरेक महिनाको पहिलो र अन्तिम आइतबार आयोजना गरिने छ। आजको कार्यक्रममा सिलगढी नगरनिगम का मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती, पार्क एण्ड गार्डेन एमआईसी सिक्ता बसु, शिक्षा तथा सांस्कृतिक विभागका एमआईसी शोभा सुब्बा, वार्ड नम्बर १० का काउन्सिलर कमल अग्रवाल तथा नगर निगमका विभिन्न अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement