सिलगढीमा कुकुरका लागि खोलियो प्याथोलोजी ल्याब, हरेक दिन २० देखि ३० कुकुरको जाँच गरिने

78d0dbff-c5ad-461b-b12e-294b49a3fbee

सिलगढी: सिलगढी सहरमा आवारा कुकुरको संख्या लगातार बढिरहेको छ। कुकुरका कारण साना–ठूला दुर्घटना पनि भइरहेका छन्। सडकमा हिँड्ने कुकुर कहिले दुर्घटनामा परेर ज्यान गुमाउने त कहिले घाइते हुने गरेका छन्। उनीहरूको हेरचाह गर्ने कोही छैन। उनीहरूले उचित उपचार पाएका छैनन्। ती गूंगा जनावरहरूको शारीरिक समस्यालाई हेरेर सिलगढीको दगापुरमा प्याथोलोजी ल्याब खोलिएको छ।जहाँ कुकुरको एक्स–रेदेखि रगत परीक्षणसम्म सबै काम हुनेछ। अहिले यहाँ दैनिक २० देखि ३० कुकुरको परिक्षण गर्न सकिन्छ। पशु प्रेमी तथा एनिमल हेल्पलाइन शेल्टरकी संस्थापक प्रिया रुद्रले आगामी दिनमा यसको संख्या थपिने बताइन्। यो प्याथोलोजी ल्याबको आज उद्घाटन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement