एनआईसीआरए, टीडीसी, केभीकेको समीक्षा सभा सम्पन्न

IMG-20230423-WA0366.jpg

गान्तोकः दक्षिण जिल्लाको नामथाङस्थित कृषि विज्ञान केन्द्रमा एनआईसीआरए टीडीसी केभीके जोन ६ को समीक्षा सभा साथै वार्षिक कार्य योजना कार्यशाला सम्पन्न भयो। एग्रीकल्चरल टेक्नोलोजी एप्लीकेसन रिसर्च इन्सटीट्युट गुवाहाटी र केभीके दक्षिण जिल्लाको संयुक्त पहलमा यस दुई दिवसीय कार्यक्रमको आयोजना २२ अप्रेलदेखि गरिएको थियो। कार्यक्रम आयोजना गर्नुको उद्देश्य वर्ष २०२२-२३ मा गरिएका विकासका कार्यहरूको बारेमा समीक्षा गर्नु र २०२३-२४ को निम्ति कार्य योजना तयार गर्नु रहेको थियो।

नेशनल इनोभेसन अन् क्लाइमेट रिसाइलेन्ट एग्रीकल्चर, भारतीय कृषि अनुसन्धान परिषदले वर्ष २०११ मा शुरु गरेको नेटवर्क परियोजना हो। परियोजनाले रणनीतिक अनुसन्धान र प्रविधि प्रदर्शन मार्फत जलवायु परिवर्तन र जलवायु जोखिममा भारतीय कृषिको लचिलोपन बढाउन सक्ने लक्ष्य राखेको छ। अनुकूलन र न्यूनीकरण सम्बन्धी अनुसन्धानले बाली, पशुपालन, माछापालन र प्राकृतिक स्रोत व्यवस्थापनलाई पनि समेटर काम गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement