दार्जीलिङ: हामीलाई पाँच वर्षमा एक चोटी आउने नेता होइन हाम्रो समस्याहरूलाई नजिकबाट हेर्ने नेता चाहिन्छ भन्दै गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसप्रति आभार जनाएका छन्। गत जीटीए सभाको चुनाव अवधि घूम-जोरबंगला समष्टि अन्तर्गत फरेष्ट भिलेजहरूका बासिन्दाहरूलाई हाम्रो पार्टीको उम्मेद्वार एंव वर्तमान सभासदले गाउँको बाटोहरूमा सोलर लाइट लगाई दिने वाचाहरू गरेका थिए। हाम्रो पार्टीको ब्यार्नरबाट निर्वाचित भएका सभासद प्रमोस्कर ब्लोनले हाम्रो पार्टी छोडेर भागोप्रमोमा सामेल भएपछि आज भन्दा ९ महिना अघि फरेष्ट भिलेजहरूमा इन्जीनियरहरू लिएर लाइट जोडलाई नाप जोप आदि जस्ता कार्यहरू समेत गरेका थिए तर आजसम्म ती क्षेत्रहरूमा लाइट पूग्न नसक्दा आज हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसको सहयोगमा मानेभन्ज्याङ फरेस्ट गाउँ, गैरी गाउँ र सुब्बा गाउँमा सोलर लाइट जोडने काम भएको हाम्रो पार्टीको प्रतिनिधिहरूले बताएका छन्। हाम्रो पार्टी घूम-जोरबंगलो समष्टिको को-अर्डिनेटर सुरज तामाङ र सुमन तामाङको नेतृत्वहरूमा यी तीनवटा क्षेत्रको बाटोहरूमा सातवटा भन्दा धेर सोलर लाइटहरू जोड्ने काम भएको छ। यसै सन्दर्भमा को-अर्डिनेटर सुरज तामाङले बताए अनुसार गत जीटीए सभाको चुनावमा हाम्रो पार्टीको ब्यानरमा चुनावी मैदानमा ओर्लिएका उम्मेद्वार एंव वर्तमान सभासदले यी गाउँहरूमा सोलर लाइट लगाई दिने वाचा गरेका थिए तर उनी सभासद निर्वाचित भएको केही सप्ताहभित्रमा नै भागोप्रमोमा सामेल भएपछि चुनावी अवधि गरेका वाचाहरू सबै भूलेका छन् भनी आरोप लगाएका छन्।

हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले पार्टीको ब्यानरमा चुनावी मैदानमा ओर्लिएका उम्मेद्वार एंव वर्तमान सभासदले आफुले गरेको वाचाहरू भूलेर गएता पनि आफ्नो पार्टीको ब्यानरमा बोलेका वचनहरूलाई पूरा गर्न आज सोलर लाइटहरू लगाई दिएको जानकारी गराउँदै गाउँलेहरूको पक्षबाट आभार जनाए। त्यसरी नै गाउँलेहरूले पनि हामीलाई पाँच वर्षमा एक चोटी आउने नेता होइन तर हाम्रो समस्याहरूलाई नजिकबाट हेर्ने नेताहरू चाहिन्छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसप्रति आभार जनाएका छन्। स्मरण रहोस् गत केही महिना अघि मात्र घूम-जोरबंगला समष्टिको अन्य क्षेत्रहरूमा पनि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले सोलर लाइट जोडने काम गरी दिई सकेको जानकारी हाम्रो पार्टीको प्रतिनिधिहरूले दिएका छन्।