किलकारी बाल भवन बिहारका विद्यार्थीहरू उत्तर सिक्किमको भ्रमणमा

Untitled-1-copy-154

गान्तोकः भारत सरकारको सांस्कृतिक मन्त्रालय अन्तर्गत पूर्वी क्षेत्रीय सांस्कृतिक केन्द्र कलकत्ता र सिक्किम सरकारको सांस्कृतिक विभागको संयुक्त पहलमा उत्तर जिल्लाका सुदूर लाचेन, लाचुङ र चुङथाङलाई समेट्दै भाइब्रेन्ट भिलेज प्रोग्राम ‘फ्रण्टियर अफ् इण्डिया’ नामक कार्यक्रम शुरू गरेको छ।

भारत सरकारले हालै शुरु गरेको जीवन्त गाउँ योजनाको उद्देश्य दुर्गम सिमाना गाउँहरूमा सामाजिक उद्यमशीलता प्रवर्द्धन, सीप विकास र उद्यमशीलता मार्फत युवा र महिला सशक्तीकरण तथा स्थानीय साँस्कृतिक, परम्परागत ज्ञान र सम्पदाको प्रवर्द्धन गरी पर्यटन सम्भाव्यताको सदुपयोग गर्नु र सामुदायिक संस्था, सहकारी, एसएचजी, एनजीओ आदि मार्फत दिगो विकास सुनिश्चित गर्नु रहेको छ। किलकारी बाल भवन बिहारका विद्यार्थीहरू गत १८ देखि २४ अप्रेलसम्म लाचेन, लाचुङ र चुङथाङको भ्रमणमा रहेका छन्। यस क्रममा उत्तर जिल्लाका विभिन्न ठाउॅंहरूमा अन्तरक्रियात्मक सत्रहरू सम्पन्न गरियो। विद्यार्थीहरूले लाचुङमा आईटीबीपी ४८ बटालियनमा बिहारका लोक नृत्यहरू पनि प्रस्तुत गरे। उक्त कार्यक्रम चुङथाङमा बिहार र सिक्किमका कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुततिको साथमा समापन भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement