दार्जीलिङ: दिलिप घोषलाई साँचो नेता मान्ने अनित थापाको चरित्र उदाङ्गो भएको छ भनी हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले बताएका छन्। गत तीन दिन अघि भारतीय जनता पार्टीको राष्ट्रीय उपाध्यक्ष एंव सांसद दिलिप घोष कालेबुङ भ्रमणमा आएको समय उनले पत्रकारहरूसँगको कुराकानीमा हामी बंगाल विभाजनको पक्षमा छैनौं भन्ने बयान दिएका थिए। भाजपा राष्ट्रीय उपाध्यक्ष दिलिप घोषको उक्त बयानमाथि चारैतिर विरोध भईरहेको छ तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाले उनले जे बोले त्यो सत्य बोलेको छ भन्दै घोषको समर्थनमा खडा भएको भनी हाम्रो पार्टी महासचिव भोटियाले बताए। उनले भने, आजभन्दा केही सप्ताह एंव महिना अघि फैजल अहम्मदले गोर्खाहरूलाई रोटी, लुगा र बस्ने घर भए पुग्छ भन्दै गोर्खाल्याण्डको मुद्दालाई खुलेआम विरोध जनाएका थिए।त्यसरी नै राज्यको सत्ता दल तृणमूल कंग्रेसले राज्य विधान सभामा बंगाल विभाजनको विरोधमा प्रस्ताव पेश पारित गर्ने क्रममा राज्यको एक जिम्मेवार मंत्रीले नेपाली भाषीहरू अनुप्रवेशकारी हुनसम्म भनेका थिए। मंत्रीको नेपाली भाषी विरोधी बयानको विरोधमा जीटीए सभाको ९ जना सभासदहरूले गोर्खा रंगमंच भवनको परिसरमा रहेका गोर्खाल्याण्ड आन्दोलनको शहीदहरूको स्मरणमा निर्माण गरिएको शहीद बेदी अघि अनशनमा बस्दा जीटीएको सत्ता दलको नेतृत्वहरूले अनशनकारीहरू विरूध्दमा पुलिसमा प्राथमिकी दर्ता गरेको थियो। यी सबै विषयहरूको अध्ययन गर्दा भागोप्रमो अध्यक्ष एंव जीटीए चिफ् अनित थापाको चरित्र उदाङ्गो भएको छ।’
उनले अघि भने, ‘गोर्खाल्याण्ड हाम्रो मुटुको ढुक ढुकी हो। यो भूमि हाम्रो हो। हाम्रै मुखको अघि गोर्खाल्याण्ड हुँदैन भन्दा हाम्रै मुखको अघि जाति विरोधी बयान दिन्दा हामी चूप लागेर बस्न सक्दैनौं। गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका ती शहीदहरूको त्याग र बलिदानलाई हामी ब्यर्थ जानु दिने छैनौं।’