सिलगढी: भारतीय जनता पार्टी महिला मोर्चाले महिला मोर्चा र पुलिसबीचको झडपमा महिला मोर्चा अध्यक्ष घाइते बनाइएकोमा त्यसको विरोध गर्दै ज्ञापन बुझाएको छ। यसको विरोधमा सिलगढीमा विरोध र्याली निकाले। जुलुसपछि महिला मोर्चाका कार्यकर्ता तथा समर्थकहरुले हास्मी चोकमा सडक अवरुद्ध गरे। स्थिति नियन्त्रणमा लिन सिलगढी महानगरीय पुलिसको ठूलो फौज घटनास्थलमा पुग्यो। जुलुस हाश्मी चोक पुगेपछि तिनीहरु सडकमै धरनामा बसे। करिब २० मिनेटको धर्नापछि उनीहरुले आफ्नो धरना कार्यक्रम समाप्त गरे।