सड़क निर्माणलाई लिएर तृणमूलको दुई गुटमा झड़प

3ee77747-7e50-4915-a3e2-b765a6ac8bc4

कुचबिहारः सड़क निर्माणलाई लिएर तृणमूलको दुई गुट आपस्तमा भिड़े। घटना आइतवार मेखलीगञ्जको बोटबाड़ी क्षेत्रमा घटेको हो। घटनामा दुवै पक्षका लगभग पाँच सदस्य गम्भीर रूपमा घाइते भएका छन्। सबै घाइतेहरूलाई उपचारको निम्ति जलपाईगढ़ी सुपर स्पेशलिटी अस्पतालमा भर्ती गराइएको छ। घटना भएदेखि क्षेत्रमा पुलिसको गश्ती बढ़ाइएको छ। स्थानीय सूत्रहरू अनुसार, मेखलीगञ्जको बोटबाड़ी गोविन्द पाड़ामा पथश्री परियोजना अन्तर्गत एक किमी लामो पक्का सड़कको निर्माणको निम्ति जमीन अधिग्रहण शुरू हुँदा स्थानीय पञ्चायत सदस्यका पति मुजीबर रहमानले काम रोके।

मुजीबरले आरोप लगाए, नबताई जमीनमा कब्जा गरी सड़कको काम गराइँदैछ। त्यही, काम रोकेको खबर पाउनसाथ स्थानीय तृणमूल कांग्रेस अञ्चल अध्यक्ष अल्ताफ हुसैन आफ्नो दलबलको साथ घटनास्थल पुगे। जसपछि तृणमूलका दुई गुटहरूमा भनावैरी शुरू भयो। भनावैरीको समय अल्ताफका समर्थकहरूले कथित रूपमा मुजीबर रहमानका समर्थकहरूमाथि बांसले हमला गरे। जसपछि दुवै गुटबीच झड़प शुरू भयो। यस झड़पमा दुवै गुटका पाँच जना गम्भीर रूपमा घाइते भए। घाइतेहरूमा मुजीबुर रहमान, आमिर हुसैन, मोजीबुल हक, अल्ताफ हुसैन र मुस्तफा हक सामेल छन्। सबैलाई उपचारको निम्ति जलपाईगढ़ी सुपर स्पेशलिटी अस्पतालमा भर्ती गराइएको छ। झड़पको खबर पाउनसाथ मेखलीगञ्ज थानाबाट भारी पुलिस बल घटनास्थलमा पुग्यो र स्थितिलाई नियन्त्रण गऱ्यो। यस मामिलामा पुलिसले दुवै गुटका पाँचदेखि छः जनालाई हिरासतमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement