नयाँ दिल्लीः केन्द्रिय बन्दरगाह, पोत परिवहन एवं जलमार्ग मन्त्री सर्बानन्द सोनोवालले सोमवार चेन्नईमा नेशनल टेक्नोलजी सेन्टर फर पोर्ट्स, वाटरवेज एण्ड कोस्ट्स (एनटीसीडब्ल्यूपीसी), आईआईएमको डिस्कभरी क्याम्पसको उद्घाटन गर्नेछन्। यो संस्थानले देशको मेक इन इण्डिया तथा आत्मनिर्भर भारत पहललाई सशक्त बनाइरहेको छ। सागरमाला कार्यक्रम अन्तर्गत एनटीसीडब्ल्यूपीसीलाई ७७ करोड़ रुपियाँको लागतमा आईआईटी चेन्नईमा स्थापित गरिएको छ। यो संस्थानले मन्त्रालयको एउटा तकनिकी शाखाको रूपमा काम गर्दछ तथा बन्दरगाह, पोत परिवहन क्षेत्र समक्ष आइपर्ने विभिन्न चुनौतीहरूको समाधान उपलब्ध गराउनको लागि अत्याधुनिक प्रौद्योगिकी र अनुप्रयोग उत्पादहरूको विकास पनि गर्दछ।
महासागरको मडलिङ, तटीय औ मुहानहरूको प्रवाहलाई निर्धारण गर्ने, तलछट परिवहन, मर्फो डायनेमिक्स, नेभिगेशन एवं कौशल, ड्रेजिङ एवं सिल्टेशनको अनुमान, बन्दरगाह, पोत र तटीय इञ्जीनियरिङमा परामर्श- संरचना अनि ब्रेकवाटर्सको डिजाइनिङ, स्वायत्त प्लेटफर्म औ वाहन प्रवाह एवं ढाँचा, इन्टरेक्शनको प्रयोगात्मक तथा सीएफडी मडलिङ गर्नु, विविध ढाँचाहरूको हाइड्रोडायनमिक्स, बन्दरगाह सुविधाहरू सहित महासागर नवीकरणीय ऊर्जा जस्ता केही क्षेत्रहरू छन् जसको लागि यस संस्थानले देशको लाभको लागि पहिलादेखि नै विशेषज्ञता विकसित गरिसकेको छ।