मेखलीगञ्जमा तृणमूलका दुई समूहबीच झडप, ५ जना घाइते

c8ec4dae-795c-4a1d-a9d7-7a308ef5a1bf

कुचबिहार: सडक निर्माणलाई लिएर मेखलीगञ्ज भोटबारी क्षेत्रमा तृणमूलका दुई समूहबीच हिंसात्मक झडप भएको छ। घटनामा ४ देखि ५ जना गम्भीर घाइते भएका छन्। कसैको खुट्टा भाँचियो, कसैको हात र कसैको दाँत। सबै घाइतेहरूलाई जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा रिफर गरिएको छ। पथश्री आयोजनाको काम आइतबार दिउँसो मेखलीगञ्जको गोयन्दापाडामा सुरु भएको हो। स्रोतका अनुसार सो सडक निर्माणका क्रममा उक्त क्षेत्रकी पञ्चायत रेणु बेगमको नजिकका मुजिबुर रहमानको अनुमति नलिई उनको जग्गामा सडक निर्माण सुरु गरियो। यस्तो अवस्थामा मुजिबुर रहमानले काममा अवरोध गरे। यो खबर पाएलगत्तै भोटबारीका तृणमूल कङ्ग्रेसका क्षेत्रीय अध्यक्ष अल्ताफ हुसैन र उनका समर्थकहरू घटनास्थल पुगेका थिए। घटनालाई लिएर बहस सुरु भयो। एकाएक गर्दै बहसले उग्र रूप लियो। त्यसपछि झडप र झडपले क्षेत्र रणभूमिको रुप लियो ।मेखलिगञ्जबाट ठूलो संख्यामा पुलिस पुगेर स्थिति नियन्त्रणमा लियो। झडपमा तृणमूलका क्षेत्रीय अध्यक्ष घाइते भएका छन्। पञ्चायत प्रमुखका समूह र अञ्चल अध्यक्षको समूहबीचको आपसी झडपका कारण मेखलीगञ्जको भोटबारी क्षेत्र आइतबार तनावग्रस्त बन्यो। घाइतेहरूलाई जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ। हाल उनीहरूको उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement