तीनधारेमा भईरहेको फुटबल टुर्नामेन्टमा सिपाहीधुरा सजिलै फाइनलमा प्रवेस

photocollage_2023423194530870.jpg

खरसाङ: तीनधारे राजबारी युउथको आयोजनामा मिठाईडाँड़ा खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा लिंकन क्लब सिपाहीधुराले दुई नम्बर बस्तीलाई पराजित गरी फाइनलमा प्रवेस गरेको छ। आज दोस्रो सेमी फाइनल खेल लिंकन क्लब सिपाहीधुरा र दुई नम्बर बस्तीमाझ भएको थियो। उक्त सेमी फाइनल खेलमा लिंकन क्लब सिपाहीधुराले ४-१ को अन्तरले खेल जितेर सजिलै फाइनलमा प्रवेस गरेको छ। अब आगामी ३० अप्रेलको दिन हुने फाईनल खेलमा लिंकन क्लब सिपाहीधुरा र सिविटारमाझ सम्पन्न हुने भएको आयोजक समितिको पक्षबाट प्रज्वल प्रधानले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement