कालियागंज दुष्कर्म-हत्याकाण्डलाई लिएर अझ पनि इलाका तनावग्रस्त

IMG-20230408-WA0112.jpg

उत्तर दिनाजपुर:: जिल्लाको कालियागंजमा कथित रूपमा किशोरीको साथ दुष्कर्म र हत्यालाई लिएर विरोध प्रदर्शनको क्रम रोकिने नाम लिइरहेको छैन। गत दुई दिनदेखि विरोध प्रदर्शनलाई लिएर माहोल गर्मिएको छ ।मामिलालाई लिएर ग्रामीणहरूद्वारा सड़कमा टायर बालेर लगातार विरोध प्रदर्शन गरिन्दैछ जसलाई रोक्दा पुलिस र ग्रामीणहरूबीच रोकिन्दै झड़प पनि भईरहेछ। यसले गर्दा कानून व्यवस्था बनाई राख्नका लागि आइतवारदेखि कालियागंजमा धारा १४४ लागू गरिएको छ।जिल्ला प्रशासन सूत्रहरूको तर्फबाट बताइएको छ, आजदेखि आगामी सात दिनसम्म कालियागंजमा धारा १४४ लागू रहनेछ। अर्कोतिर, राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको अध्यक्ष प्रियंक कानूनगो पनि कालियागंज पुगिसकेका छन्। प्रियंक कानूनगोले पीड़ित परिवारसित भेट गर्ने पनि बताइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement