देशभरि नै आगामी पाँच दिनसम्म मौसम सामान्य रहनेछ

n4929772821682259017582c8979e6f13c64368803faccaa3ba04dcf8a07be71e648a85f22cdc3ca5ebca45.jpg

नयाँ दिल्ली: आगामी पाँच दिनसम्म देशभरि नै मौसम घमाइलो रहनेछ। दुई दिनपछि तापमानमा २-३ डिग्री सेल्सियस वृद्धि हुनसक्छ । यस अतिरिक्त आगामी दिनमा त्यस्तो विशेष परिवर्तन देखिनेछैन।मौसम विभाग अनुसार आगामी पाँच दिनसम्म देशभरि नै गर्मीको लहर चल्ने कुनै सम्भावना छैन। पश्चिमी र पूर्वी भारतमा आगामी तीन दिनसम्म तापमानमा कुनै खास परिवर्तन आउनेछैन। त्यसपछि तापमान बिस्तारै २-३ डिग्री वृद्धि हुनेछ। आगामी तीन दिनसम्म देशभरिमै मौसम सामान्य रहनेछ ।उत्तर-पूर्वी भारतका दक्षिण हरियाणा, उत्तर-पश्चिमी राजस्थान औ उत्तर प्रदेशमा हुरी बतास चल्नसक्छ। सोमवार ओडिशामा वर्षा हुनेछ। असम एवं मेघालयका कतिपय क्षेत्रहरूमा तीव्र वर्षा हुनसक्छ आन्ध्र प्रदेश, तमिलनाडु, पुडुचेरीका तटीय क्षेत्रहरूमा पनि तीव्र वर्षा हुनसक्छ। ओडिशा र बिहारका केही भागहरूमा सोमवार असिनापानी पर्नसक्छ। विदर्भ क्षेत्रमा सोमवार नभए आगामी दिनहरूमा असिनापानी पर्नसक्ने सम्भावना छ। छत्तीसगढ़, तटीय आन्ध्र तथा तेलंगानाका केही अलग-अलग भागहरूमा पनि असिनापानी पर्नसक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement