असम: तिनसुकियामा असिनापानीले व्यापक क्षति

96550021.png

तिनसुकिया: शहर साथै यसका वरिपरिका ग्रामीण क्षेत्रहरूमा आँधीबेहरी र असिनापानीले ताण्डव मचाएको छ। तिनसुकिया शहरको बीचैमा धेरै ठूला ठूला रूखहरूका साथै हल्का ट्रान्सफार्मर पनि ढलेका छन्, जसले गर्दा यातायात एवं बिजुली आपूर्ति बाधित भएको छ।
असम सरकारका श्रम मन्त्री सञ्जय किसान राति नै पीड़ित परिवारहरूबीच पुगेर उनीहरूको निम्ति आश्रय शिविरहरूको व्यवस्था गरे। तेज गतिको हावाले शहरको बीचैमा स्थित राष्ट्रिय राजमार्ग-३७ मा एउटा ठूलो रूख ढल्दा धेरै वाहनहरू क्षतिग्रस्त भए। यस आँधीबेहरीका कारण धेरैको घर क्षतिग्रस्त भएको हुनाले उनीहरूलाई राहत शिविरहरूमा लागिएको छ।

घटनाको जानकारी पाउनसाथ असम सरकारका श्रम मन्त्री सञ्जय किसान हिजो राति नै पीड़ित परिवारहरूबीच पुगेर उनीहरूको स्थितिको जानकारी लिए। साथै बेघर परिवारहरूलाई आश्रय शिविरहरूमा आवास उपलब्ध गराउने व्यवस्था गरे। रूख र घर ढल्दा कसैको ज्यान गएको समाचार छैन।
उल्लेख्य, राज्यमा गत केही दिनदेखि लगातार वर्षा, तूफान, असिना-पानीले विभिन्न क्षेत्रहरूमा क्षति पुऱ्याएको छ। खासगरी, किसानहरूको फसललाई पनि भारी नोकसान भएको छ। राज्य सरकारको तर्फबाट प्रभावित मानिसहरूलाई राहत पुऱ्याउने व्यवस्था गरिॅंदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement