उत्तर बंगाल मेडिकल कलेजबाट चोरी भएको बालकको उद्धार, पक्राउ परेका आमा र छोरी ७ दिनको पुलिस हिरासतमा

8b6f22a3-7c94-4c98-8292-f41d6963f007

सिलगढीःउत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको प्रसुति विभागबाट बालक चोरी भएको ७२ घण्टाभित्रै सिलगढी महानगरीय पुलिसले नवजात शिशुको उद्धार सॅंगसँगै मुख्य आरोपीलाई पानी पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार उत्तर दिनाजपुर जिल्लाको चोपडाबाट बालकको उद्धार गर्ने क्रममा बालकसँगै दुई महिलालाई पनि पक्राउ गरिएको हो।बालक र दुवै आरोपीलाई शनिबार राति उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा ल्याइएको थियो। ती दुई आरोपीको नाम सीता दास (४५) र अन्जु दास (२४) रहेको छ। यी दुई आमा र छोरी हुन्। सिलगढी महानगरीय पुलिसका अतिरिक्त उपायुक्त सुवेन्द्र कुमारले आइतबार मतिगडा पुलिस स्टेशनमा पत्रकार सम्मेलनमा यो जानकारी दिए।दुवै आरोपीलाई आइतबार सिलगढी महकुमा अदालतमा पेश गरियो।
उल्लेखनीय छ कि गत बिहीबार अर्थात २० अप्रेलमा उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालको प्रसुति विभागबाट नवजात शिशु चोरीको घटना बाहिर आएको थियो। घटनापछि आफन्तले मतिगडा पुलिस चौकीमा लिखित उजुरी दिएका थिए ।एसओजी, डीडी, मतिगडा पुलिस थाना र एनबिएमसीएचले संयुक्त रूपमा बालकको खोजीका लागि टोली गठन गरेका थिए। खोजी अभियानपछि बालकलाई शनिवार चोपडाको बलरामपुरबाट उद्धार गरियो। त्यसका साथै सीता दास र अन्जु दास नामका ती दुई महिला पक्राउ परेका छन्। दुवैलाई सात दिनको पुलिस हिरासतमा राखिएको छ। घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भनेर पुलिसले अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement