सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालबाट हालै नवजात शिशु चोरी भएको घटनाले गर्दा चारैतिर अस्पताल प्रशासनको निन्दा भइरहेको छ। यसैलाई ध्यानमा राख्दै अस्पताल परिसरको सुरक्षा बढाउन, सिसिटिभी क्यामेरा मर्मत, नयाँ क्यामेरा जडान लगायतका विषय लिएर बैठक बसेको छ।सिलगढीका मेयर तथा उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पताल बिरामी कल्याण संघका अध्यक्ष गौतम देवले आइतबार बेपत्ता शिशु फेला परेपछि पीडित परिवारलाई भेटे। उनले आइतबार दिउँसो अस्पताल पुगेर सुरक्षा व्यवस्था थप सुदृढ गर्न अस्पतालका पदाधिकारीसँग बैठक गरे। उनले बताए अनुसार अब अस्पतालको सुरक्षा व्यवस्था अझ मजबुत बनाइएको छ। थप २० वटा सीसीटीभी क्यामेरा जडान गरिने छ। भिजिटिङ टाइमको अवधि प्रसूति वार्डमा सुरक्षा बढाइएको छ। सुरक्षालाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्ने विषयमा बिरामी कल्याण समितिको अर्को बैठकमा छलफल हुनेबारे मेयरले बताए।