पुलिसको सक्रियतामा एनबीएमसीएचबाट चोरी भएको शिशु उद्धार, दुई महिला पक्राउ

IMG-20230423-WA0135.jpg

सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल (एनबीएमसीएच) बाट चोरी भएको नवजात शिशुलाई पुलिसले उद्धार गरेको छ। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको विशेष टोलीले नवजात शिशुलाई हिजो राति चोपड़ाको बलरामपुरबाट उद्धार गरेको होे। उद्धार गरेपछि पुलिसको टोली नवजात शिशुलाई लिएर एनबीएमसीएच पुगरे आमालाई सुम्पियो। प्राप्त जानकारीअनुसार, यस मामिलामा सिलगढ़ी मेट्रोपोलिटन पुलिसको विशेष टोलीले नवजात शिशु चोरीको आरोपमा दुईजना महिलालाई पक्राउ गरेको छ।
उल्लेख्यनीय छ, बिहीबार एनबीएमसीएचको प्रसूति विभागबाट एक नवजात शिशु चोरी भएको घटना अघि आएको थियो। चोरी भएपछि एनबीएमसीएचको सुरक्षालाई लिएर प्रश्न चिह्न खड़ा हुन थालेको थियो। अर्कोतिर, घटनालाई लिएर राजनीतिक माहोल पनि गर्मिएको थियो। भाजपाले यसलाई लिएर अस्पतालका सुपरको घरअघि पीड़ित परिवारका साथमा जम्मिएर हङ्गामा गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement