दार्जिलिङ: नेपाली सम्मेलनको सुधपा भवनमा विकल्प- प्रगतिशील कला-साहित्य सांस्कृतिक प्रतिष्ठान दार्जीलिङको आयोजनामा इतिहास पुरुष प्रगतिवादी साहित्यकार एवं राजनैतिक विचारक दिवंगत गणेशलाल सुब्बाको शतवार्षिकी जन्मोत्सव पालन गरियो। निर्देश परिमलद्वारा सञ्चालित उक्त कार्यक्रम आरपी प्रधानको अध्यक्षता, आरबी राई, मोहन पी दाहाल, जनार्दन थापा साथै रुपेश शर्माको उपस्थितिमा सम्पन्न गरियो। कार्यक्रममा वार्ताकारको रूपमा क्रमैले मोहन पी दाहाल, रत्न वान्तवा (आरबी राई), जर्नार्द्धन थापा अनि समालोचक रूपेश शर्मा रहेका थिए। वार्ताकारहरूले गणेशलाल सुब्बाको विभिन्न पक्षमाथि वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रम आयोजक समितिको पक्षमा मिलन छेत्रीले बताए अनुसार गणेशलाल सुब्बाको जन्म २२ अप्रेल १९२३ मा सुकेमा भएको थियो भने उनले जाति, साहित्य, संगीत लगायत अन्य क्षेत्रमा
दिएको योगदानलाई संस्थाले कदर गर्दै आगामी दिनमा थप कार्यक्रम आयोजना गर्ने अनि सुब्बाले दिएको योगदानबारेमा युवा पीड़िहरूलाई जानकारी गराउन, बुझाउन दार्जीलिङ सरकारी महाविद्यालयका विद्यार्थीहरूलाई पनि कार्यक्रममा कविता वाचन अनि आवृत्तिको निम्ति निमन्त्रणा गरेको मिलन छेत्रीले त्यागीले बताएका छन्।