सठीक समयमा ग्राजुएटी र पेन्सन पाउनलाई युनियनले अवकाश अघि नै श्रमिकहरूका कागज पत्रहरू ठीक गरिदिनु पर्ने हो: पेम्बा रिम्पोर्छे

IMG-20230423-WA0142.jpg

खरसाङ: चियाबारी श्रमिकहरूले समयमा पेन्सन र ग्राजुएटी नपाएको गुनासो सुनेपछि चियाबारी श्रमिकहरूको हितमा कार्य गर्दै अहिले कतिजना श्रमिकहरूको खातामा पेन्सन पस्न थालेको दाबी बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले गरेका छन्। उनले आज एक भिडियो जारी गर्दै कतिजना श्रमिकहरू ग्राजुएटी पस्छ भनेर पर्खन्दा पर्खन्दै बितेर गएको अनि कतिजना त झन ग्राजुएटीको आशामा बस्दा बस्दै डिप्रेशनको शिकार भएको अनि ग्राजुएटी मात्र होइन पेन्सन पनि नपाएको चाल पाएको बताएका छन् । त्यसैले उनले श्रमिकहरूका दु:ख बुझेर श्रमिकहरूका हितमा तुरुन्तै कदम चालेर कार्य गरेपछि कतिजनाको खातामा पेन्सन पस्न थालेको बताए। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले श्रमिकहरूको ग्राजुएटी विषयमा खरसाङको सह श्रम आयुक्तलाई ज्ञापन दिएको र कतिपय सुझावहरू प्राप्त गरेको बताए। उनले ग्राजुएटी विषयमा बोल्दै भने, युनियनले श्रमिकहरूलाई ग्राजुएटी अनित थापाले दिन्छ भनेर खरसाङ ल्याएको अनि अनित थापालाई भेट्न नसक्दा बजारमा अलपत्र पारेर गएको आरोप लगाएका छन्। अनित थापाले ग्राजुएटी दिनु भनेको कि कमानको मालिकहरूसित मिलेको छ कि चैं कमानको मालिक आफै हो। यो त चियाबारी श्रमिकहरूलाई अन्याय भयो। ५ वर्ष पुग्दा पनि ग्राजुएटी पाउनु नसक्नु भनेको दु:खलाग्दो कुरा हो।’
पेम्बा रिम्पोर्छेले अघि भने, श्रमिकहरू अवकाशप्राप्त हुन अघि नै श्रमिकहरूका कागज पत्रहरू युनियनले मिलाई दिनु पर्ने हो। युनियनले साँचो रूपमा श्रमिकहरूका हितमा काम गर्छन् भने अवकाश अघि नै सबै कागज पत्रहरू मिलाई दिनु पर्ने हो। ताकि अवकाशप्राप्त भएपछि ग्राजुएटी र पेन्सन सठीक समयमा प्राप्त गर्न सम्भव हुन्छ।’ उनले अझ भने, ‘कागज पत्रहरू युनियनको भरमा मात्र होइन श्रमिकहरूले आफै पनि कोशिष गर्नुपर्छ। त्यसैले श्रमिकहरूका कागज पत्रहरूमा केही असुविधा भए म समक्ष आउनु, म सहयोग गर्न तयार छु। मलाई घरमै आएर भेट्नु भेट्न सक्छन्। म नमिलेको पेन्सन र ग्राजुएटी 30 दिनभित्रमा मिलाईदिनेछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement