मित्र संघ तीनधारेको २८औं वार्षिक सभा अनि नयाँ कमिटी गठन

IMG-20230423-WA0133.jpg

खरसाङ: तीनधारेको गोलाई पाखास्थित मित्र संघको २८औं वार्षिक साधारण सभा सभापति ज्ञानबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको छ। सचिव ईशान्त विश्वकर्मले सञ्चालन गरेको उक्त वार्षिक सभामा स्वागत सम्भाषण प्रतिमा लामा प्रधानले राखेका थिए। सभामा सचिव ईशान्त विश्वकर्मले आफ्नो कार्यकालको सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसरी नै कोषाध्यक्ष मसीह प्रकाश मोक्तानले संघको आय व्ययको लागि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। वार्षिक साधारण सभामा मित्र संघ गोलाई पाखाको २०२१ देखि २०२३ सम्मको दिवंगत सदस्यहरूका नाममा मौन धारण गरेर आत्मा शान्तिको लागि प्रार्थना गरिएको थियो। त्यसरी नै संघको ७५ वर्षदेखि उँभोका वरिष्ठ सदस्यहरूलाई खदार्पणसहित सम्मान गरिएको थियो। यसै वार्षिक साधारण सभामा नै मित्र संघ गोलाई पाखाको पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति मसीह प्रकाश मोक्तान, सचिव राजेस सेवा, कोषाध्यक्ष दिपक थापा, सांस्कृतिक सचिव ईशान्त विश्वकर्म, मुख्य संरक्षकको रूपमा मदनकुमार प्रधानलाई चयन गरिएको छ। त्यसरी नै सल्लाहकारको रूपमा दिपक प्रधान, मार्थारानी राई, ज्ञानबहादुर राई, बरूण रसाईली आदिलाई चयन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement