वृध्द श्याम राईको को मृत्यु
खरसाङ: खरसाङ देवराली समष्टिको मन मजुवा बस्तीमा मध्य राती एक घर जलेर खरानी हुनको साथै 76 वर्षीय वृध्द पनि जलेर मुत्यु भएको छ। मन मजुवा बस्तीमा रहेको श्याम राईको घर राती १२:१५ तिर आगलागी भएर नष्ट भएको छ। उक्त आगलागीमा ७६ वर्षीय वृध्द श्याम राई पनि आगलागीमा जलेर दर्दनाक मुत्यु भएको छ। घटना क्रम अनुसार मध्य राती १२:१५ तिर आगलागीको घटना भएपछि काठको घर सबै जलेर नष्ट भएको छ भने एउटा कोठामा सुतिरहेका ७६ वर्षीय वृध्द श्याम राई पनि घरसितै जलेर खरानी नै बनेको छ। घटनाको जानकारी पाएर २८ नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा बिहानै मन मजुवा पुगेका थिए। उनले उक्त घटनाको निरीक्षण गरेका छन् भने खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकार पनि घटना स्थलमा पुगेर निरीक्षण गरेका छन्। राती हावा पानीको कारणले बिजुली बत्ती नभए पनि मन मजुवामा घर कसरी जल्यो भन्ने विषयमा सोधपुछ गर्दा वृध्द श्याम राईले राती बिजुली बत्ती नहुँदा धिब्री बत्ती बालेर कोठामा सुतेको हुनसक्ने स्थानीयहरूले बताएका छन्। वृध्द श्याम राईको मृत शरीरलाई पोष्ट मोर्टमको लागि खरसाङ महकुमा अस्पतालमा ल्याइएको छ। उक्त घटना विषयमा वृध्द श्याम राईको सुपुत्र मञ्जय राईले पत्रकारहरूसित कुराकानी गर्दै आफु तल्लोपट्टिको घरमा रहेको र आगलागीको घटना चाल पाउँदा घर जलिसकेको बताए। उनले घटना के कारणले भएको हो याद नभएको तर वृध्द पिताले बिढ़ी पिउने गरेको बताएका छन्।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेका क्षेत्रीय सभासद श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ देवराली समष्टिको मन मजुवामा मध्य राती आगलागी भएर श्याम राईको घर जलेर नष्ट भएको अनि उक्त आगलागीमा जलेर ७६ वर्षीय वृध्द श्याम राई पनि जलेर खरानी बनेको बताएका छन्। उनले यस घटना विषयमा पञ्चायत र बीडीओलाई जानकारी गराएको तर पञ्चायतबाट कुनै सहयोग नपाएको र बीडीओबाट पनि कुनै राम्रो रेसपोन्स नपाएको आरोप लगाएका छन्। सभासद श्याम शेर्पाले नै खरसाङ पुलिस थानाको आईसीसित बातचीत गरेको बताउँदै परेको बेला सबैले आफ्नो आफ्नो जिम्मेवारी निभाए असल हुने बताएका छन्। उनले घटना विषयमा जीटीए चिफ् अनित थापालाई पनि जानकारी गराइएको र उनले आगलागीमा नष्ट भएको घर बनाईदिने भएको बताएका छन्।