अर्जुन तेन्दुलकरले एक ओभरमा खर्च गरे ३१ रन

IMG-20230423-WA0038.jpg

२३ अप्रेलः आईपीएल २०२३-मा महान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरको शुरुवात असल रहेको थियो। उनले आफ्नो पदार्पण म्याचमै विकेट लिएका थिए तर सीजनको ३१औं म्याचमा पञ्जाब किंग्स विरुद्ध उनले भरपूर कुटाई खाए। अर्जुनले आईपीएल २०२३-मा एक ओभरमा सर्वाधिक रन खर्च गर्ने रेकर्ड आफ्नो नाम गरे। म्याचमा पञ्जाब किंग्सका ब्याटर हरप्रीत सिंह र कप्तान सेम कुरेनले अर्जुनको बलिंगमा भरपूर रन बनाए। मुम्बईको वानखेड़े स्टेडियममा अर्जुन १६औं ओभरमा बलिंग गर्न आए। उनले त्यस ओभरमा एउटा वाइड र एउटा नो बलको साथमा जम्मा ३१ रन खर्च गरे। अर्जुनले जम्मा ३ ओभर बलिंग गरेर एक विकेट लिए पनि ४८ रन खर्च गरे। उनले १६औं ओभरमा २ वटा छक्का र चारवटा चौका खाए। यसको साथमा अर्जुनको ३१ रनको ओभर डेनियल सेम्सपछि मुम्बई इण्डियन्सका कुनै पनि बलरको अहिलेसम्मको दोस्रो सबैभन्दा खराब ओभर हो। सेम्सले गत सीजनमा कलकत्ता नाइट राइडर्स विरुद्ध ३५ रन खर्च गरेका थिए। उल्लेखनीय छ, आईपीएलको इतिहासमा एक ओभरमा सर्वाधिक रन खर्च गर्ने रेकर्ड चाहिँ हर्षल पटेल र प्रशान्त परमेश्वरनको नाममा रहेको छ। यी दुईले ३७-३७ रन खर्च गरेका थिए। आईपीएल २०२३-मा यसअघि यश दयालले पनि एक ओभरमा ३१ रन खर्च गरेका थिए। गुजरात टाइटन्सका दयालको बलिंगमा कलकत्ता नाइट राइडर्सका रिंकु सिंहले लगातार ५ बलमा ५ छक्का लगाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement