नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२० करोड ६६ करोड खोपहरू लगाइएका छन्l जसमा ९५ करोड २१ लाख दोस्रो खोप अनि २२ करोड ८७ लाख सुरक्षा खोपहरू लगाइएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४७ खोप लगाइएका छन्l भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या ६७ लाख ८०६ छन्l सक्रिय मामिला दर ०.१५ प्रतिशत छ भने हालसम्मको स्वस्थ दर ९८.६६ प्रतिशत छl पछिल्लो २४ घण्टामा ९ हजार ८३३ जना निको भएका छन् भने अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ करोड ४२ लाख ९२ हजार ८५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ११२ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामिला दर ७.०३ प्रतिशत छ भने साप्ताहिक सक्रिय मामिला दर ५.७३ प्रतिशत छl हालसम्म ९२.५४ करोड परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ८९९ परीक्षण गरिएको छl –पीआईबी