आईपीएल २०२३:हाई स्कोरिंग म्याचमा पञ्जाब किंग्स १३ रनले विजयी

IMG-20230423-WA0008.jpg

२२ मार्चः इण्डियन प्रीमियर लीग (आईपीएल)-को ३१औं म्याचमा पञ्जाब किंग्सले मुम्बई इण्डियन्सलाई १३ रनले पराजित गऱ्यो। मुम्बईको वानखेड़े स्टेडियममा खेलिएको यस म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनायो। कप्तान सेम करेनले ५ वटा चौका र ४ वटा छक्काको साथ २९ बलमा सर्वाधिक ५५ रन बनाए। यसबाहेक हरप्रीत सिंहले ४१, अथर्व ताईदेले २९, प्रभसिमरन सिंहले २६ र जितेश शर्माले ४ वटा छक्काको साथ ७ बलमा २५ रन बनाए। मुम्बई इण्डियन्सका बलरहरूमा क्यामरन ग्रीन र पियुष चावलाले २-२ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। क्यामरन ग्रीनले ६ वटा चौका र ३ वटा छक्काको साथ ४३ बलमा ६७ रन अनि सूर्यकुमार यादवले ७ वटा चौका र ३ वटा छक्काको साथ २६ बलमा ५७ रन बनाए। यी दुईबाहेक कप्तान रोहित शर्माले ४४ र टिम डेविडले अविजित २५ रन बनाए। पञ्जाब किंग्सका बलरहरूमा अर्शदीप सिंहले सर्वाधिक ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement