भोपाल: प्रधानमन्त्री नरेन्द्र मोदी २४ अप्रेलमा राष्ट्रिय पञ्चायती राज दिवसको अवसरमा रीवा आइरहेका छन्। यस दिन रीवाको एसएएफ ग्राउण्डमा आयोजना हुने गृह प्रवेशम कार्यक्रममा प्रधानमन्त्रीले मध्य प्रदेशका ४ लाख ११ हजार हितधारकहरूलाई प्रधानमन्त्री आवास योजनाअन्तर्गत गृह प्रवेश गराउनेछन्। यस आशयको जानकारी जनसम्पर्क अधिकारी सन्दीप कपूरले दिएका हुन्।
जनसम्पर्क अधिकारी कपूरले बताएअनुसार यस अवसरमा प्रधानमन्त्री मोदीले जल जीवन मिशनको ७५७३ करोड़ ६४ लाख रुपियाँका परियोजनाहरूको पनि शिलान्यास गर्नेछन् जसमा रीवा बाणसागर समूह जल प्रदाय योजना, टमस समूह जल प्रदाय योजना, सतना बाणसागर-२ समूह जल प्रदाय योजना, सीधी बाणसागर समूह जल प्रदाय योजना औ गुलाब सागर समूह जल प्रदाय योजना सामेल छन्। उनले बताएअनुसार प्रधानमन्त्री मोदीले राष्ट्रिय पञ्चायती राज दिवसमा स्वतन्त्रताको अमृत महोत्सवअन्तर्गत एकाध समावेशी विकास वेबसाइट तथा मोबाइल ऐपको नेशनल लञ्चिङ पनि गर्नेछन्। ई ग्राम स्वराज पोर्टल एवं पञ्चायत स्तरमा सागम्री क्रयक लागि जेम पोर्टलको पनि राष्ट्रिय स्तरमा शुभारम्भ गर्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको छ।
सन्दीप कपूरका सनुसर यस अवसरमा रीवामा प्रधानमन्त्री आवास योजना, स्वच्छ भारत मिशन, आजीविका मिशन, अमृत सरोवर, ग्रामीण पर्यटनअन्तर्गत विकसित होम स्टे, हेल्थ एण्ड वेलनेस सेन्टर, जल जीवन मिशन, स्वामित्व योजना, रीवा अल्ट्रा मेगा सौर ऊर्जा परियोजना, बाणसागर परियोजना, व्हाइट टाइगर (सेतो बाघ) अनि कृषि सम्बन्धित प्रदर्शनी पनि आयोजना गरिनेछ।