कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचारको क्रममा सीबीआईले तेहटबाट तृणमूल कांग्रेसको विधायक तापस साहाको नजिकको तृणमूल नेत्री इति सरकारको घरमा छापामारी गरेको छ। इति तृणमूलको तेहट एक नम्बर ब्लकको अध्यक्ष हुन्। केन्द्रिय एजेन्सीको टीम शनिवार बिहान तृणमूल नेताको घर गयो।
अर्कोतिर, सीबीआईको दोस्रो टीमले शनिवार तापसको छोरा सग्निकसित बेङ्गलुरूमा सोधपुछ शुरू गरेको छ। सीबीआईले भर्ती भ्रष्टाचार मामिलाको जाँचको क्रममा शनिवार बिहान तापसको घर नजिक पोखरी छेउ पनि छानबीन गयो। शुक्रवार यहाँ केही दस्तावेज जलाइएको थियो। सीबीआईका अधिकारीहरू घटनास्थलको जाँच र जलेको दस्तावेजहरूका धेरै नमूनाहरू लिएपछि फर्केका छन्। सीबीआई सूत्रहरू अनुसार, विधायक तापसको नजिकको पूर्व तृणमूल युवा नेता मलय विस्वास, तृणमूल नेता मिठू साहा र अन्यको घरमा पनि छापामारीको सम्भावना छ।