कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचारको क्रममा केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले नदिया जिल्लाको तेहटबाट तृणमल कांग्रेसका विधायक तापस साहाको घरको छानबीन गरेको छ। एजेन्सीले १४ घण्टाभन्दा अधिक समयसम्म तलाशी लियो। जाँच एजेन्सीको १२ सदस्यीय टीम पाँच गाड़ीको साथ शुक्रवार अपराह्न तापसको घर पुगेको थियो। यस अवधिमा केन्द्रिय अर्धसैनिक बलका जवानहरू तैनात रहे। उनको घर र अफिसमा ताला लगाइयो ताकि भित्रबाट कोही पनि बाहिर वा बाहिरबाट भित्र जान नसकोस्। सीबीआईका अधिकारीहरू अनुसार, तापसको गाड़ीबाट धेरै महत्वपूर्ण दस्तावेज उद्धार भएको छ। यसलाई लुकाउने प्रयास भईरहेको थियो। आज (शनिवार) सूदयभन्दा केही बेरअधि सीबीआईको टीम उनको घरबाट फर्क्ष्यो। केन्द्रिय एजेन्सीको भनाई छ, उद्धार गरिएको दस्तावेजको सम्बन्धमा अब तापस सोधपुछ गरिनेछ।