फाँसीदेवा: यस वर्षको पहिलो काल बैशाखी तूफानले फाँसीदेवाको मानगछमा एउटा घरमाथि रुख लड्दा एकजना व्यक्ति घाइते भएका छन्। घाइते व्यक्तिलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनामा घर पनि क्षतिग्रस्त बनेको छ। अर्कोतिर, खोरीबारीको मदनजोतमा पनि बिजुलीको खाँबोमाथि रुख लड्दा पुरा इलाकामा बिजुली परिसेवा ठप्प बनेको छ। यसको साथै विभिन्न ठाउँमा बिजुलीको तारहरू चुट्टिएकोले इलाकाका मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ।