अलिपुरद्वार जिल्लामा ईद-उल-फितर पालन

23-16-30-Capture6-8.png

अलिपुरद्वार: अलिपुरद्वार जिल्लामा बडो धुमधामको साथमा ईद-उल-फितर मनाइयो। अलिपुरद्वार जिल्लाको कालचिनी खण्डस्थित कालचिनी बाइशधुरा जामा मस्जिद लगायत अन्य ठाउँहरूमा मुस्लिम समुदायका मानिसहरूले ईदको नमाज पढे।आज मस्जिदमा गएर नमाज पढेपछि एकाअर्कालाई आलिङ्गन गरेर ईदको शुभकामना दिए। यस अवसरमा कालचिनी बाइशधुरा जामा मस्जिदमा हजारौं भन्दा अधिक मानिसहरू नमाज पढ्नको लागि भेला भएका थिए। अर्कोतिर, हेमिल्टनगञ्ज जामा मस्जिदमा पनि सैकडौँ मानिसहरूले ईदको नमाज पढेपछि एकाअर्कालाई ईदको शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement