राज्यपालले दिए श्रद्धाञ्जली, भुवनेश्वर आइपुग्यो शहीद सिपाहीको पार्थिव शरीर

WhatsApp-Image-2023-04-22-at-9.07.37-AM-750x430.jpeg

भुवनेश्वर: जम्मू-कश्मीरको पूँछमा भएको आतंकवादी आक्रमणमा परी शहीद भएका लान्स नायक देवाशीष बिश्वालको पार्थिव शरीर शनिवार बिहान भुवनेश्वर हवाईअड्डा आइपुग्यो। यहाँ उनलाई गार्ड अफ अनर दिइयो। ओडिशाका राज्यपाल प्रो. गणेशीलालले हवाईअड्डामा पुगेर शहीदको पार्थिव शरीरलाई पुष्पमाला अर्पण गर्दै उनलाई श्रद्धाञ्जलि दिए। भाजपाका प्रदेश अध्यक्ष मनमोहन सामल, भाजपाका राष्ट्रीय प्रवक्ता सम्बित पात्र सहित अनेकौं राजनेता एवं सामाजिक कार्यकर्ताहरूले शहीद सिपाहीप्रति श्रद्धासुमन अर्पण गरे। भुवनेश्वर हवाईअड्डामा उनकी पत्नी संगीता पनि उपस्थित थिइन्। त्यसपछि सिपाहीको पार्थिव शरीरलाई पैतृक गाउँ पुरी जिल्लाको सत्यवादी खण्ड अधिनस्थ खण्डायत साही पुऱ्याइयो जहाँ उनको अन्तिम संस्कार गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement