सिलगढ़ी: सिलगढ़ीको न्यू सिनेमा हलमा चलचित्र हेरिरहेको समय एक व्यक्तिको मृत्यु भएको छ।मृतकको नाम विष्णु सिंह बताइँदैछ। उनी सिलगढ़ी नगर निगमको ५ नम्बर वार्ड अन्तर्गत गंगा नगर क्षेत्रको निवासी थिए।जानकारी अनुसार, फिल्म हेरिरहेको समय हार्ट अटेकले उनको मृत्यु भएको हो। न्यू सिनेमा हलका मेनेजरले बताए, शुक्रवार हलमा बांग्ला फिल्म चलिरहेको थियो तब राति उनले सूचना पाए कि एक व्यक्ति अस्वस्थ भएको छ। सिनेमा हल पुगेर उक्त व्यक्तिलाई हलदेखि बाहिर निकालेर पानी पिलाइयो तर स्वास्थ्यमा कुनै सुधार भएन। उनी होशमा आएनन्। यसको सूचना सिलगढ़ी थाना पुलिसलाई दिइयो। खबर पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो र उक्त व्यक्तिलाई सिलगढ़ी जिल्ला अस्पतालमा लग्यो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। जानकारी अनुसार, हार्ट अटेकले उनको मृत्यु भएको हो। अहिले पुलिसले शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाएर जाँच शुरू गरेको छ।