प्रकाश प्रधानले बडी बिल्डिङमा राष्ट्रिय स्तरमा जोरबाटको नाम उज्जवल गरे

Screenshot_20230422_213919_Instagram.jpg

गुवाहाटी: गुवाहाटीको जोराबाट निवासी प्रकाश प्रधान बडी बिल्डिङ खेलमा राज्य र राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनमा सफल रहेका छन्। हालमा उत्तराखण्डमा आयोजित फेडरेशन कप नेशनल बडी बिल्डिङ च्याम्पियनशिप-२०२३ मा ८० किलो भार वर्गमा प्रकाश प्रधानले गोल्ड मेडल जितेर असमको नाम उज्जवल पारे।प्रकाश प्रधानद्वारा गोल्ड मेडल जितेपछि जब उनी घर पुगे तब जोराबाट र बर्नीहाट क्षेत्रका युवाहरूको एक समूहले बनहाटदेखि ९ माइलसम्म न्याली निकालेर क्षेत्रको नाम उज्जवल पार्ने प्रकाशलाई बधाई दिए।

प्रकाश प्रधान मिस्टर सरायघाट २०२३ को खिताब हासिल गरे औं २०२२ मा आयोजित मिस्टर इण्डिया च्याम्पियननशिपमा चौथो स्थानमा रहे। क्षेत्रको युवा पीढ़ी अब यस प्रतिष्ठालाई हासिल गर्नका लागि उत्साहित छ। स्थानीय मानिसहरूले नयाँ पीढ़ी नशा र अन्य नशालु पदार्थहरूलाई छोडेर स्वस्थ शरीर र समाजको निर्माणको दिशामा अघि बढोस् भनेका छन्।

About Author

Advertisement