राज्यपालसँग रोटरेक्ट क्लब अफ् गान्तोक हिल्सका प्रतिनिधिहरूले भेट गरे

IMG-20230410-WA0169.jpg

गान्तोक: रोटरी क्लब अफ् गान्तोकको युवा प्रकोष्ठ रोटरेक्ट क्लब अफ् गान्तोक हिल्सका प्रतिनिधिहरूले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग उनको सरकारी निवास राजभवनमा भेट गरेका छन्। भेटको क्रममा क्लबका प्रतिनिधिहरूले राज्यपाललाई क्लबले अहिलेसम्म गरेका विभिन्न प्रकारको गतिविधिबारे विस्तृतरूपमा अवगत गराए। क्लबले दुर्गम विद्यालयमा पुस्तकालय निर्माण गर्ने योजनाको बारेमा पनि छलफल गर्यो जसको लागि राज्यपालले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको संस्थाले जानकारी गराएको छ। यस संस्थाले विद्यार्थीहरूमा पढने संस्कार बसाउने रचनात्मक आउट स्थापना गर्ने योजना तयार गरेको राज्यपालसमक्ष जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement