गोर्खा अब झुक्किनु हुँदैन: अनित थापा

IMG-20230422-WA0299.jpg

दार्जिलिङ: गोर्खा अब झुक्किनु हुँदैन भनी भागोप्रमो केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाले आज बताएका छन्। उनले भारतीय जनता पार्टीको राष्ट्रीय उपाध्यक्ष दिलिप घोषले दिएको बयान विषयमा प्रतिक्रिया दिन्दै भनेका छन्। दिलिप घोष भाजपाको राष्ट्रिय उपाध्यक्ष हुन। उनले कालेबुङमा बयान दिए कि भाजपा बंगाल विभाजनको पक्षमा छैन।अनित थापालाई यस बयानमाथि पत्रकारहरुले प्रतिक्रिया माग्दा उनले भने,
दिलीप घोष साँचो नेता हो। उसले जे हुँदैन, हुँदैन नै भनेर गयो। हामीलाई दिलिप घोष जस्तो इमान्दार नेता चाहिएको छ। उसले हामीलाई झुक्याएन्। महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्डको नाममा भोट माग्यो। फेरि मान्छेलाई झुक्याउनु पीपीएस भन्यो। गोर्खाल्याण्डको कसम खाएर पीपीएस भन्यो। तर पीपीएस के हो कसैलाई थाहा छैन। दिलिप घोषले इमान्दारीपूर्वक नहुने कुरालाई हुँदैन नै भनेर गए। इमान्दारीपूर्वक बोल्ने व्यक्तिको विरुद्धमा मैले बोल्नु ठीक होइन। आजको दिन केन्द्रमा शासन गर्ने भाजपा हुन्। भाजपाको राष्ट्रिय उपाध्यक्षले हुँदैन भने पछि हुन्छ त? दिने को हुन केन्द्र कि राज्य? राष्ट्रिय नेताले हुँदैन भनेर गएपछि उनीभन्दा तल्लो तहका नेताले हुन्छ भन्दा गोर्खा अब झुक्किनु हुँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement