दार्जीलिङ पहाड़को मात्रै होइन सारा भारतमा बसोबास गर्ने १ करोड २५ लाख गोर्खाहरूका समस्या समाधान भएको होस्: दिलिप घोष

IMG-20230422-WA0295.jpg

दार्जिलिङ: भारतीय जनता पार्टीको राष्ट्रीय उपाध्यक्ष दिलिप घोष आज दार्जिलिङ आइपुगेका थिए। हिजो कालेबुङबाट उनी आज दार्जिलिङ आइपुगेका हुन्। राष्ट्रीय उपाध्यक्ष दिलिप घोषले दार्जिलिङमा अमृत गाथा कार्यक्रममा सहभागी बनेका छन्। अमृत गाथा राजा राम मोहन रोय, ऋषि बङ्घिमचन्द्र चट्टोपाद्यय, गुरूदेव रविन्द्रनाथ ठाकुर अनि आदि कवि भानुभक्त आचार्यलाई समर्पित गरिएको कार्यक्रम हो। पूर्वी जोनल सांस्कृतिक सेन्टरद्वारा आयोजित उक्त कार्यक्रममा भारतीय जनता पार्टीको राष्ट्रीय उपाध्यक्ष दिलिप घोषले पनि सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा विभिन्न सांगीतिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
भारतीय जनता पार्टी(भाजपा) राष्ट्रिय उपाध्यक्ष तथा सांसद दिलिप घोषले पत्रकारहरुसित बोल्दै भने, सबै समस्याको सही समाधान होस् यसको भाजपाले कोशिश गरिरहेको छ। समय लाग्छ। यहाँ दार्जीलिङको मात्र होइन। सारा भारतमा बसोबास गर्ने १ करोड २५ लाख गोर्खाहरू देशमा छन्। उनीहरूको पनि समस्या समाधान होस्। भाषा,संस्कृति सुरक्षा होस, सम्मानले बस्न सकोस्, रोजगारको व्यवस्था होस, यी सबै भाजपाले हेरिरहेको छ। स्थायी समाधान हुन लामो समय लाग्नेछ। उनले भने, देशमा भाजपाले ३१७ हटायो, सीए पारित गरेको छ। पहाडको समस्या केवल भाजपाले मात्र समाधान गर्न सक्छ। देशका प्रधानमन्त्री,गृहमन्त्री साथै राष्ट्रिय अध्यक्ष यो विषय लिएर धेरै गम्भीर छन्। उनले भने, यहाँ अनशन चलिरहेको समय म आएर गृहमन्त्रीसित कुरा गरे, साथै तीन सालसम्म आन्दोलन भयो, यहाँ कोही आएन, म आएको थिएम अब आउँदो सप्ताह पनि आउनेछु। सधैं आउने छु। पहाडका जनतासित म छु। यहाँ बिकेका मिडियाहरु अवरोध बन्नसक्छ, गरोस तर म पहाडसित साथमा छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement