२२ अप्रेलः गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा हारिसकेको म्याच पनि जितेर देखायो। शनिवार खेलिएको चरम रोमाञ्चक म्याचमा गुजरात टाइटन्सले लखनऊ सुपर जाइण्ट्सलाई ७ रनले पराजित गऱ्यो। लखनऊमा खेलिएको म्याचमा पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर केवल १३५ रन बनायो। जवाफमा लखनऊ सुपर जाइण्ट्सको टीम एक समय जीतको नजिक रहेको थियो कारण एक समय टीमलाई ४५ बलमा केवल ३९ रनको आवश्यकता थियो अनि हातमा पूरा ९ विकेट रहेको थियो तर अन्तिम ओभरहरूमा मोहम्मद शमी र मोहित शर्माको असाधारण बलिंगको सहायताले गुजरात जाइण्ट्स म्याच जित्न सफल भयो। लखनऊको टीमले अन्तिम ओभरमा लगातार बलमा कप्तान केएल राहुलसहित चार विकेट गुमायो। राहुलले ८ वटा चौकाको साथ ६१ बलमा सर्वाधिक ६८ रन बनाए। यसबाहेक काइल मायेर्सले २४ र क्रुणाल पाण्ड्याले २३ रन बनाए। यसरी लखनऊ सुपर जाइण्ट्सले अन्तमा २० ओभरमा ७ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो। गुजरात जाण्ट्सका बलरहरूमा मोहित शर्मा र नूर अहमदले २-२ विकेट लिए। यसअघि गुजरातको तर्फबाट कप्तान हार्दिक पाण्ड्याले ४ वटा छक्का र २ वटा चौकाको साथ ५० बलमा सर्वाधिक ६६ रन बनाए। यसबाहेक विकेटकीपर रिद्धिमान साहाले ४७ रनको योगदान दिए। लखनऊका बलरहरूमा क्रुणाल र मार्कस स्टोइनिसले २-२ विकेट लिए। मोहित शर्मालाई प्लेयर अव् द म्याच चयन गरियो।