कालेबुङ अल्ट्रा म्याराथनको ६५ किलोमीटर वर्गमा पहिलो स्थान हासिल गरिन् प्रिया छेत्री

IMG-20230422-WA0283.jpg

२२ अप्रेलः लामो दूरीकी धावक प्रिया छेत्रीले अझ एउटा सफलता हासिल गरिन्। खोलाचन्द फाप्री निवासी प्रियाले शनिवार कालेबुङ अल्ट्रा म्याराथनको ६५ किलोमीटरको वर्गा हिस्सा लिएर प्रथम स्थान हासिल गरिन्। उनले ८ घण्टा २९ सेकेण्डमा दौड़ पूरा गरिन्। यस स्पर्धामा जम्मा ४५ जना प्रतियोगीले हिस्सा लिएका थिए। रन विद् रोशनी फाउण्डेशनको आयोजनमा भएको यस अल्ट्रा म्याराथनमा असाधारण सफलताको निम्ति प्रियालाई १० हजार रुपियँको नगद पुरस्कार पनि प्रदान गरियो। प्रियाले कठोर मेहनत र लगनको साथ गत केही समयदेखि देशभरि विभिन्न म्याराथनहरूमा दौड़िएर असाधारण सफलता हासिल गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement