मिरिक: भाजपा राष्ट्रिय उपाध्यक्ष दिलिप घोषले हाम्रो ठाउँमा आएर बंगाल सरकारकै टेकलाई समर्थन गरी वकालत गर्नु दुर्भाग्यजनक विषय हो भनी हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता लाडुप घिसिङले आज बताएका छन्। उनले यस विषयमा हाम्रै भनौदाहरू मूक दर्शक बन्नु अझ दुख्ने विषय हो भन्दै अब भाजपा जिल्ला अध्यक्ष लगायत सहयोगीहरूलाई ईख् भएको छोरा वा बिख् भएको साँप त होइन गनेउलासँग पनि तुलना गर्न मिलेन भनी बताएका छन्। उनले एक पक्षले विश्वासघात गरे तापनि आशाको किरण ननिँभ्ने ठोकुवा गर्दै घिसिङले सकारात्मक पक्षलाई स्वागत जनाए। सबैको आ-आफ्नो विश्लेषण गर्ने तरिका हुन्छ भन्दै उनले भने,”छुट्टै राज्यको निम्ति निर्वाचित व्यक्ति विशेष वा आवाजको रूपमा एक मात्र भए पनि जिउँदो रगत त रहेछ भनी आफ्नो क्षेत्रको विधायक बीपी बजगाईको राजनैतिक पदक्षेपलाई स्वागत योग्य गर्दछु। गोर्खाल्याण्ड चाहनेहरू सबै-सबै एक भइसाथ उँभिनुपर्छ।”
उनले अघि भने, हामी आफै सकारात्मक उर्जा भएर अघि आउने समय आएको छ। यो अन्तिम मौकालाई खेर फाल्नु हुँदैन। हामी सबैजना एकत्रित हुने समय आएको छ।’