अल्फ्रेट तामाङको राजीनामापछिविवेक तामाङ र अमृत प्रधान हाम्रो पार्टी खरसाङको प्रवक्ता चयन

IMG-20230422-WA0284.jpg

खरसाङ: हाम्रो पार्टी खरसाङ ब्राञ्च अध्यक्ष अल्फर्ड तामाङले आफ्नो पद अनि पार्टीबाट दिएको राजीनामा अनि खरसाङ ब्राञ्चको निम्ति चयन गरिएको नयाँ पदाधिकारीहरूको बारेमा जानकारी गराउन आज हाम्रो पार्टीले खरसाङमा एक पत्रकार भेलाको आयोजना गर्यो। भेलालाई सम्बोधन गर्दै पार्टीको खरसाङ ब्राञ्च निरीक्षक सुमन बमजनले हिजो मात्रै आफ्नो पद अनि पार्टीबाट राजीनामा दिएका अल्फर्ड तामाङको सन्दर्भबारे अवगत गराउँदै उनको राजीनामाले आवश्यनै पार्टीले एकजना असल कार्यकर्ता गुमाए औं यसमा पार्टी दुःखी भएको जनाए। यद्यपि पार्टीले उनलाई केही समयको निम्ति केवल उनको पदबाट हटाउनुको मुख्य कारण ब्राञ्च कमिटी बनाइएको अढाई महिनासम्म एउटै सभा नगरिएको तथा त्यसपछि फेरि सचिवले अर्को सभा डक्दा त्यसलाई पनि उहाँले नै क्यान्सल गरेको हुँदा उहाँलाई पदबाट हटाइएको जानकारी दिए। तिनले कुनै पनि पार्टी रिलेसनले नचल्ने अवगत गराउँदै अहिले हाम्रो पार्टीले धेरै सोचेर अनि सक्रिय भएर कार्य गर्नुपर्ने समय आएको जनाए। तिनले हाम्रो पार्टी खरसाङ ब्रान्चको निम्ति दुइजना प्रवक्ताहरू विवेक तामाङ अनि अमृत प्रधानलाई चयन गरिएको जानकारी दिए। नव चयनित प्रवक्ता विवेक तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै चुनावी मुद्धाको निम्ति भएको फेक टेट परीक्षामा अब हिसाब किताब ती पीडितहरूले खोज्नु पर्ने औं विनय तामाङद्वारा बताइएका व्यक्तिहरूलाई मिडियाहरूले पनि सोधेर सही कुराको उजागर गरिदिने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement