तीनधारेमा भईरहेको फुटबल टुर्नामेन्टमा सिविटार फाइनलमा प्रवेश

photocollage_202342219414249.jpg

खरसाङ: तीनधारेको राजबारी युउथको आयोजनामा मिठाईडाँड़ा खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्टमा सिविटार फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमी फाइनल खेल सिविटार र मित्र संघ गोलाई पाखामाझ सम्पन्न भएको थियो। उक्त सेमी फाइनल खेलमा सिविटारले मित्र संघ गोलाई पाखालाई ३-२ को अन्तरले पराजित गरी फाइनलमा प्रवेस गरेको छ। अब आईतबार अर्को सेमी फाइनल खेल लिंकन क्लब सिपाहीधुरा र दुई नम्बर बस्तीमाझ हुने भएको छ। दोस्रो सेमी फाइनल खेलमा बिजयी दलसित सिविटारको उपाधिको लागि आगामी ३० अप्रेलको दिन फाइनल खेलमा भिड़न्त हुनेछ भनी आयोजक समितिको पक्षबाट प्रज्वल प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार आजको पहिलो सेमी फाइनल खेलमा निर्णायकको रूपमा मेसाङ तामाङ थिए भने सह निर्याणकको रूपमा आवेस राई र राजीव प्रधान थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement