सिलगढी: सिलगढी महकुमाको खोरीबारीमा पुरुषहरूसँगै महिलाहरूले पनि एउटै मैदानमा ईदको नमाज पढेको देखियो । यसवर्ष पहिलो पटक सिलगढी महकुमाको खोरीबारी वक्तरभिटा मैदानमा महिलाहरूले पनि ईदको नमाजमा भाग लिएका छन्। यो आफैमा एउटा अभिनव र साहसी पहल हो। जसका कारण आज पूरै सहरमा यसको चर्चा चलिरहेको छ ।










